Skip
आज : २०८३ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जीप दुर्घटनामा २ जनाको मृत्यु, १३ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २३ गते


Advertisement

काठमाडौं ।  रुकुम पश्चिमको आठबिसकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
सोमबार थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। सबै घाइतेलाई उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ।
दुर्घटनापछि चालक फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।


प्रतिकृया दिनुहोस्