Skip
आज : २०८३ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युवराजको शतकमा पोखराले दियो कर्णालीलाई २१८ रनको बिशाल लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २३ गते


Advertisement

 

काठमाडौं । युवराज सर्म्राको शतक र कुशल भुर्तेलको अर्धशतकमा पोखरा एभेन्जर्सले एनपीएलमा कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ।

पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो। युवराजले ४७ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए भने कुशलले ६२ रन जोडे। कप्तान चमिका कुरुणारत्ने ३५ रनमा अविजित रहे।

चार खेलमा जितविहीन पोखरा पहिलो जितको खोजीमा छ भने कर्णाली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा छ।


प्रतिकृया दिनुहोस्