२३ कार्तिक, काठमाडौं । भारतमा दीपावली मनाउने क्रममा विभिन्न स्थानमा भएका आगलागीका घटनामा एकै परिवारका ६ जनासहित २२ जनाको ज्यान गएको छ।
घटनामा कैयौँ घाइते भएका छन् भने केही बेपत्ता छन
मध्य प्रदेशका दुई घरमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। महाराष्ट्रको धाराशिवमा एकै परिवारका ६ जनाले ज्यान गुमाएका छन्।
यस्तै, मुम्बईमा एक र राजस्थानको पालीमा पटाका पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। दिल्लीमा रकेट पटाका पेटमा लाग्दा १० वर्षीय बालकको पनि मृत्यु भएको छ।
आगलागीबाट पसल तथा दुईपाङ्ग्रे सवारीसाधनसमेत जलेर नष्ट भएका छन्।
























