२३ कार्तिक, काठमाडौं । पर्सामा दीपावलीका लागि पटका पड्काउने क्रममा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।
पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीका मखु सहनीका छोराको सोमबार बिहान पटका पड्काउने क्रममा शरीरमा आगो लागेको थियो।
गम्भीर रूपमा जलेर बेहोस भएका बालकलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

























