काठमाडौं ।दैलेखमा बिरामी लिएर सुर्खेत जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
आज बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो।
कालिकोटबाट बिरामीलाई अक्सिजनसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका कालिकोटको सान्नी त्रिवेणी–७ का ४१ वर्षीय रने सार्कीको उपचारका क्रममा मृत्यु भएको हो। चालकसहित अन्य पाँच जना घाइते भएका छन्।
उनीहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।
घाइतेमध्ये चालक योगेश सिम्खडाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

























