Skip

Hamro Sanchar

मोरङको विद्युत् संकट घटाउने १ अर्बको सबस्टेसन सञ्चालनमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन आजदेखि सञ्चालनमा आएको छ।

नेपाल विद्युत् प्राधिकरणले करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण गरेको सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो।

एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण तथा सरकार र प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो।

सबस्टेसन सञ्चालनमा आएसँगै कानेपोखरी, रङ्गेली, विराटचोक, लेटाङलगायत क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

यसले न्यून भोल्टेज, विद्युत् अवरोध तथा लाइन ट्रिपिङको समस्या घटाउनुका साथै प्राविधिक चुहावटसमेत कम गर्ने विश्वास गरिएको छ।

२०७८ असारमा ठेक्का सम्झौता भएको आयोजना सम्पन्न भएसँगै मोरङका उत्तर तथा दक्षिणपूर्वी क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणले जनाएको छ।


प्रतिकृया दिनुहोस्