Skip

Hamro Sanchar

राति ठूलो पानी पर्ने सम्भावना, सातै प्रदेशमा सतर्क रहन आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

काठमाडौं । पश्चिमी वायु र बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशका सातवटै प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेषगरी रातिको समयमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्नेछ।

मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार दिउँसो पनि वर्षा जारी रहने र अपराह्न वा साँझदेखि पूर्वी नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्नेछ। विशेषगरी राति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन उनले आग्रह गरेका छन्।


प्रतिकृया दिनुहोस्