Skip
आज : २०८३ कार्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मुल्य आज पनि बढ्यो, कतिमा हुँदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ११ गते


Advertisement

११ कार्तिक, काठमाडौं ।सुनको भाउ आज पनि बढेको छ। मंगलबार तोलामा ८ सय रुपैयाँ बढेको सुनको भाउ आज ९ सय रुपैयाँ बढेर २ लाख ८३ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको सोमबार पनि सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको थियो। मंगलबार सुनको भाउ तोलाको २ लाख ८२ हजार ३ सय थियो।

यसअघि गएको आइतबार सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। हिजो तोलामा २५ रुपैयाँ घटेर ३ हजार ९ सय ७० रुपैयाँमा झरेको चाँदीको भाउ आज १० रुपैयाँ बढेर ३ हजार ९ सय ८० रुपैयाँ पुगेको हो।

 


प्रतिकृया दिनुहोस्