Skip
आज : २०८३ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

८० वर्षको उमेरमा लुलाको ऐतिहासिक जित, चौथो पटक सम्हाल्दै ब्राजिलको नेतृत्व

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ९ गते


Advertisement

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्।

आइतबार सम्पन्न दोस्रो चरणको प्रतिस्पर्धात्मक निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार रोबर्टो फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन्।

आधिकारिक नतिजाअनुसार ९९ . प्रतिशतभन्दा बढी मतगणना हुँदा ८० वर्षीय लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत पाएका छन्।

अक्टोबर ४ मा भएको पहिलो चरणको निर्वाचनमा फ्लाभियोले अग्रता लिएका थिए। तर, दोस्रो चरणमा नतिजा उल्टाउँदै लुलाले जित हासिल गरे।

सन् १९८८ मा ब्राजिलमा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेको उम्मेदवारले दोस्रो चरणमा चुनाव जितेको यो पहिलो घटना भएको समाचारमा उल्लेख छ।

ल्याटिन अमेरिकाका विभिन्न देशमा दक्षिणपन्थी नेताहरूको प्रभाव बढिरहेका बेला लुलाको जितलाई त्यस लहरविरुद्धको महत्त्वपूर्ण परिणामका रूपमा हेरिएको छ।

यसअघि सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका लुला सन् २०२३ देखि पुनः राष्ट्रपतिको जिम्मेवारीमा छन्। चौथो कार्यकालका लागि निर्वाचित भएसँगै उनले संसद्मा बलियो उपस्थिति रहेको दक्षिणपन्थी गठबन्धन र विभाजित जनमतबीच सरकार सञ्चालन गर्नुपर्ने चुनौती सामना गर्नुपर्नेछ।

 


प्रतिकृया दिनुहोस्