Skip
आज : २०८३ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दसैंपछि सुनको भाउमा ठूलो गिरावट, तोलामै ११ हजार ७ सय घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ८ गते


Advertisement

काठमाडौं । दसैंपछि नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । दसैंपछि मूल्य समायोजन हुँदा सुनको भाउमा उल्लेख्य गिरावट देखिएको हो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार चाँदी प्रतितोला २३० रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्