Skip
आज : २०८३ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ६ गते


Advertisement

६ कात्तिक, काठमाडौं । चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भुकम्पले घर भत्किदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो।

भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ। शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन्।

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको अधिकारीहरूले जनाएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ।

उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। त्यस्तै, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले ३४७ जना जनशक्ति प्रभावित क्षेत्रमा खटाएको छ।


प्रतिकृया दिनुहोस्