५ कार्तिक, काठमाडौं । साउदी अरबको शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा १ नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ।
साउदी अराम्कोको परियोजनामा बुधबार बिहान भएको आक्रमणमा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ।
आक्रमणमा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। मृत्यु भएका नेपालीको नाम, ठेगाना र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।































