Skip
आज : २०८३ कार्तिक ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डीआरएस प्रयोग हुने भएपछि एनपीएलको खेल समय परिवर्तन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा उक्त प्रविधि लागु गर्ने जनाएको हो ।

क्यानका अनुसार एनपीएल २०२६ को सबै खेलमा ‘डीआरएस’ प्रविधिको प्रयोग गरिनेछ । ‘डीआरएस’को प्रयोगले खेल प्रतियोगिताका क्रममा मैदानमा खटिने ‘अम्पायर’बाट हुने निर्णयलाई चुनौती दिन टोलीलाई अवसर दिनेछ ।

‘अम्पायर’को निर्णयप्रति असहमति जनाउने टोलीले मागदाबीसहित सम्बन्धित ‘फुटेज’ हेर्न सक्ने छ ।

‘डीआरएस’ को व्यवस्थासँगै खेल समय पनि परिवर्तन गरिएको क्यानले जनाएको छ । आज सार्वजनिक गरिएको संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।

एक खेल हुने दिन भने खेल साँझ ५ बजे सुरु हुने क्यानले जनाएको छ । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।


प्रतिकृया दिनुहोस्