काठमाडौं । ओमानलाई १० रनले पराजित गर्दै नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष ६ मा स्थान पक्का गरेको छ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।
नेपालका लागि रोहितकुमार पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रन बनाए। बलिङतर्फ ललितनारायण राजवंशी र दीपेन्द्रले दुई–दुई विकेट लिए।
जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्दै सातौँ स्थानको क्यानडालाई पछि पारेको छ।































