Skip
आज : २०८३ कार्तिक ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फ्रान्समा प्रदर्शनले उग्र रूप लियो : २ हजार व्यवसाय प्रभावित, आंशिक कर्फ्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २ गते


Advertisement

पेरिस । फ्रान्समा हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड बढ्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले नागरिकको सुरक्षा र व्यवसायको संरक्षणका लागि कदम चालिएको बताएका छन्।

प्रदर्शनका क्रममा देशभर करिब २ हजार व्यवसाय प्रभावित भएका छन्।

विद्यालयको अवस्था र शैक्षिक सुविधाप्रति असन्तुष्ट विद्यार्थीहरूले सुरु गरेको आन्दोलन विस्तार हुँदै गएपछि शनिबार पाँच लाखभन्दा बढी मानिस सडकमा उत्रिएको विवरण सार्वजनिक भएको छ।

आइतबार पेरिसमा ३५० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको तयारीमा कमजोरी रहेको गृहमन्त्रीले स्वीकार गरेका छन्। बढ्दो हिंसा नियन्त्रण गर्नु र आन्दोलनकारीका माग सम्बोधन गर्नु अहिले फ्रान्स सरकारका लागि प्रमुख चुनौती बनेको छ।

 


प्रतिकृया दिनुहोस्