Skip
आज : २०८३ कार्तिक ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपति पौडेलले गरे एकैदिन ९ शक्तिपीठको दर्शन, प्रथम महिला पनि साथमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रको अवसरमा काठमाडौं उपत्यकाका ९ वटा शक्तिपीठमा पूजाआराधना तथा दर्शन गरेका छन्।

आज राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी मन्दिर पुगेर पूजाआराधना गरेका हुन्।

दर्शनका क्रममा उनले शक्तिपीठका पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए। उक्त अवसरमा राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन्।

शारदीय नवरात्रका बेला शक्तिपीठहरूमा विशेष पूजाआराधना गर्ने धार्मिक परम्परा रहिआएको छ।


प्रतिकृया दिनुहोस्