काठमाडौं । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेलले नेपाल प्रिमियर लिग ९एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन्।
उनी विराटनगर किंग्सबाट मैदान उत्रिने पक्का भएको हो।
विराटनगर किंग्सले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडियो सार्वजनिक गर्दै रसेलको सहभागिता पुष्टि गरेको छ। ३८ वर्षीय रसेलको आगमनसँगै टोलीमा अनुभवी अन्तर्राष्ट्रिय खेलाडी थपिएका छन्।
दायाँहाते ब्याट्सम्यान तथा फास्ट बलर रसेल विश्वका विभिन्न चर्चित टी–२० लिगमा खेलिसकेका खेलाडी हुन्। उनी दुईपटक टी–२० विश्व च्याम्पियन बनेको वेस्ट इन्डिज टोलीका सदस्यसमेत हुन्।































