३१ असोज, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ।
शनिबार ओमानको अल अमिरेत रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनायो।
क्यानडाका युवराज समराले १०५ रनको शतकीय इनिङ्स खेले। उनले ११७ बलमा ११ चौका र चार छक्का प्रहार गरे। यस्तै, आरोन जोनसनले ३६ र हर्ष थाकरले ३४ रन बनाए।
नेपालका ललितनारायण राजवंशीले चार विकेट लिए भने कप्तान सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र रोहितकुमार पौडेलले एक विकेट हात पारे।
अब नेपालले जितका लागि २५७ रन बनाउनुपर्नेछ।































