काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्रो संस्करणलाई औपचारिक मान्यता दिएको छ।
क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।
मान्यतासँगै एनपीएलका आठ टोलीलाई टेस्ट मान्यताप्राप्त राष्ट्रका थप खेलाडी अनुबन्ध गर्न बाटो खुलेको छ। यसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।































