काठमाडौं । साताको कारोबारमा बुधबार नेप्से परिसूचक २१।३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ।
बजारमा ४ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबारमा सहभागी ३५४ कम्पनीमध्ये १८८ को मूल्य बढ्दा ८० कम्पनीको घटेको छ।
उपकार लघुवित्तको सेयर मूल्य ४.९५ प्रतिशतले बढेको छ भने सगरमाथा जलविद्युत् कम्पनीको मूल्य ६.३२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक अगाडि रह्यो। बैंकको २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।






























