Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यात्रुलाई बासी खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २७ गते


Advertisement

काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र अस्वाभाविक मूल्य असुल्ने प्रवृत्ति रोक्न सरकारले निगरानी कडा बनाउने भएको छ।

यातायात व्यवस्था विभागले चालकहरूलाई यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेस्टुरेन्टमा मात्रै गाडी रोक्न निर्देशन दिएको छ।

सम्भव भएसम्म खाद्य स्वच्छता स्टिकर भएका होटललाई प्राथमिकता दिनसमेत भनिएको छ।

खाना खाँदा यात्रु बिरामी पर्ने गरी लापरबाही भएको पाइएमा सम्बन्धित चालक र होटल सञ्चालकलाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

खानाको गुणस्तरमा लापरबाही वा मूल्यमा ठगी भए यात्रुले प्रहरीको हटलाइन १०० मा फोन गर्न सक्नेछन्।

जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालयमा समेत उजुरी दिन सकिनेछ।


प्रतिकृया दिनुहोस्