Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २७ गते


Advertisement

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।

प्राप्त मतपरिणामअनुसार खतिवडाले २ हजार ९१९ मत प्राप्त गर्दा शिवाकोटीले २ हजार ७२ मत पाएका छन्। खतिवडा सर्वाधिक मतसहित विजयी भएका हुन्।

यसैगरी डिल्लीराम सुवेदीले १ हजार ८५१, देवेन्द्रराज कण्डेलले १ हजार ३८२, राजीव ढुंगानाले १ हजार २४१ र विकास कोइरालाले १ हजार १४९ मत प्राप्त गरेका छन्।

त्यस्तै अमृतकुमार अर्यालले १ हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत पाएको खतिवडाले जानकारी दिएका छन्।

निर्वाचन समितिले भने मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको छ।


प्रतिकृया दिनुहोस्