Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुदूरपश्चिममा बजेटको लफडा, कांग्रेसले छलफल नै बहिष्कार गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २७ गते


Advertisement

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको विरोधमा नेपाली कांग्रेसले प्रदेशसभामा हुने छलफल बहिष्कार गर्ने भएको छ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग समन्वय नगरेको भन्दै छलफलमा सहभागी नहुने बताएका छन्।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकसमेत सुरु हुन सकेको छैन। यसअघि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बजेटमाथि छानबिन गरी कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने निर्णय गरेको थियो।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

उक्त बजेटमा बिचौलियामार्फत कमिसनको खेल भएको आरोप सत्तापक्षकै सांसदहरूले समेत लगाएका छन्।


प्रतिकृया दिनुहोस्