काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदमा जीवनबहादुर शाही निर्वाचित भएका छन्।
मतगणनाअनुसार शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाएका छन्।
त्यस्तै, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन्।
निर्वाचन समितिले मतगणना सम्पन्न भएको जानकारी दिए पनि औपचारिक घोषणा हुन बाँकी रहेको छ।
यसअघि १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका शाही पराजित भएका थिए।






























