Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अडिओ एआइ बाट बनाइएको हो, कठघरामा उभिएर जवाफ दिन तयार छु : सुनार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २७ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सार्वजनिक अडिओ प्रकरणमा उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताएका छन्।

मंगलबार भिडियो सन्देश जारी गर्दै सुनारले उक्त अडिओ कृत्रिम बुद्धिमत्ता (एआइ) लगायत प्रविधिको प्रयोग गरी बनाइएको दाबी गरेका छन्। उनले आफूमाथि लागेका आरोपहरू झुटा भएको जिकिरसमेत गरेका छन् ।

प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर निशानामा परेको उनको भनाइ छ। अडिओको सत्यतथ्य पत्ता लगाउन पार्टी र सरकारलाई आग्रह गर्दै उनले छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सुनारले सार्वजनिक भएका आरोपबारे निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिँदै भ्रामक प्रचारको पछि नलाग्न सर्वसाधारणलाई अपिल गरेका छन्।


प्रतिकृया दिनुहोस्