Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २६ गते


Advertisement

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २६ गते दिउँसो साढे १२  बजेदेखि ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा मतगणना सुरु हुनेछ।

आज सहमहामन्त्री ( पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) पदकाे मतगणना हुनेछ। त्यसैगरी, सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य महिला, खुला तथा ३५ वर्षमुनिका युवा महिला र खुला पदको मतगणना पनि सुरु हुने समितिले जनाएको छ।

यी पदको मतगणना असोज २३ गते राति ९ बजेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत हुन लागेको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचनामार्फत सम्बन्धित सबै उम्मेदवारलाई मतगणना सुरु हुने समय र स्थानबारे जानकारी गराएका छन्।


प्रतिकृया दिनुहोस्