Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मापसे गरी रात्रिकालीन बस चलाउने २ जना प्रहरीको खोरमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २६ गते


Advertisement

२६ असोज, काठमाडौं । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौं उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कमा आइतबार गरेको मापसे जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बलराम चौधरी र लोचन रानामगर छन् ।

ट्राफिक प्रहरीका अनुसार, जाँचका क्रममा दुवै चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै चालकलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कको जिम्मा लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

रात्रिकालीन सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले मापसे जाँचलाई निरन्तरता दिएको जनाएको छ । मापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकलाई जिम्मेवार भएर सवारी सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

यसैबीच, पक्राउ परेका चालकले सञ्चालन गरिरहेका बसका यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सम्बन्धित यातायात समितिसँग समन्वय गरी आवश्यक सहजीकरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्