Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसमा चन्द्र, मधु र विनोद उपसभापति निर्वाचित, महामन्त्रीमा प्रदीप–उदय विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २६ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति र महामन्त्री पदका विजेताहरू टुंगिएका छन्।

अन्तिम मतपरिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्।

खुलातर्फका दुई उपसभापति पदमा चन्द्रकान्त भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गरे भने मधु आचार्य २ हजार ३४२ मतसहित विजयी भए।

समावेशीतर्फ विनोदकुमार चौधरीले १ हजार ७४५ मत ल्याउँदै जीवन परियारलाई पराजित गरे। परियारले १ हजार ६५८ मत प्राप्त गरे।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल ४ हजार १९४ मतसहित पहिलो स्थानमा विजयी भए। उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै दोस्रो महामन्त्री पदमा जित निकाले। उनका प्रतिस्पर्धी डा. सुनिलकुमार शर्माले २ हजार २५७ मत पाए।

महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उनले ३ हजार ११८ मत प्राप्त गर्दा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन्।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ।


प्रतिकृया दिनुहोस्