Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लेदो हटेपछि बीपी राजमार्ग खुल्यो, पृथ्वीमा सडक मर्मत हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २४ गते


Advertisement

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ भने पृथ्वी राजमार्ग खुलाउन मर्मतको काम भइरहेको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा पहिरोसँगै लेदो खसेपछि रातिदेखि बन्द रहेको बीपी राजमार्ग अवरोध हटाइएसँगै दुवैतर्फ सञ्चालनमा आएको हो।

जिल्ला प्रशासनले वर्षाका कारण जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र सावधानी अपनाउन आग्रह गरेको छ।

उता, धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा त्रिशूली नदीको कटानले सडक भासिएपछि पृथ्वी राजमार्गमा यातायात रोकिएको छ।

सडक विभागले स्थानीय निकायसँग समन्वय गरेर भासिएको भागमा ‘ब्याक कटिङ’मार्फत मर्मत सुरु गरेको जनाएको छ।

अवस्था अनुकूल रहे शनिबार साँझसम्म सडक खुलाउने लक्ष्य राखिएको विभागको भनाइ छ। वर्षाका कारण सडक जोखिमपूर्ण रहेकाले यात्रु तथा चालकलाई सतर्कता अपनाउन र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

 


प्रतिकृया दिनुहोस्