Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

‘मेरो समर्थन भन्दै प्रचार गरिएका सूची आधिकारिक होइनन्’ : गगन थाप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २३ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूची आधिकारिक नभएको स्पष्ट पारेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि निर्वाचन भइरहेका बेला आज बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले आफ्नो नाममा प्रचारित सूचीलाई समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका हुन्।

पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा कुनै पनि प्यानल वा गुट नरहेको उल्लेख गर्दै उनले विभिन्न उम्मेदवारको नाम समेटेर आफ्नो समर्थन रहेको भन्दै प्रचार गरिएकोप्रति ध्यानाकर्षण गराएका छन्।

थापाले महाधिवेशन प्रतिनिधिहरूलाई यस्ता प्रचार र अफवाहका आधारमा प्रभावित नभई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न आग्रह गरेका छन्।

उनले पार्टीको हितलाई प्राथमिकतामा राख्दै मर्यादित र संयमित रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन प्रतिनिधिहरूलाई अनुरोध गरेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

यसैबीच, निर्वाचनमा भएको ढिलाइका कारण महाधिवेशन प्रतिनिधिहरूलाई परेको असुविधाप्रति थापाले क्षमासमेत मागेका छन्।


प्रतिकृया दिनुहोस्