Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसका सभापतिका उम्मेदवार राठौरले लिए उम्मेदवारी फिर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २१ गते


Advertisement

 

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

राठौरले बुधबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दै पार्टीको बृहत्तर एकता र विशेष परिस्थितिलाई ध्यानमा राखेर उम्मेदवारी फिर्ता लिएको बताए।

उनले मंगलबार उम्मेदवारी दर्ताको अन्तिम समयमा सभापति पदका लागि मनोनयन दर्ता गरेका थिए। उम्मेदवारी फिर्ता लिएसँगै अब सभापतिमा गगन थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ।


प्रतिकृया दिनुहोस्