Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कोरला नाका हुँदै नेपाल आए चिनियाँ राजदूत, आजै चीन फर्किँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

मुस्ताङ । नेपालका निम्ति चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ ।

उनी तीनदिने भ्रमणका क्रममा लोमान्थाङ पुगेका, टोलीमा पाँच चिनियाँ रहेका र आज लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भनिन्, “चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन ।”

कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आएका लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोसी बाढीबाट बगरमा परिणत भएपछि कोरला पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतले गरेको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको थियो ।


प्रतिकृया दिनुहोस्