Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दाउन्नेमा बस दुर्घटना हुदा ६ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १७ गते


Advertisement

१७ असाेज, काठमाडौं । दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को दाउन्नेमा दुर्घटना हुदा अन्य १० जना घाइते भएका छन्।

बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा पूर्व–पश्चिम राजमार्गबाट बस अनियन्त्रित भई नालामा खसेको प्रहरीले जनाएको छ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बसमा चालकसहित १८ जना सवार थिए।

दुर्घटनामा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको सनाखत भएको छ। मृत्यु भएका अन्य पाँच जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्