Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री शाहको सचिवालयमा २५ जना, को–को छन् ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना कर्मचारी तथा सल्लाहकार कार्यरत रहेको विवरण सार्वजनिक भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइटमार्फत उनीहरूको नाम, पद तथा प्राप्त गर्ने सुविधासम्बन्धी विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहको सचिवालयमा ५ जना सल्लाहकार छन्। मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम साह मन्त्रीसरह सुविधामा छन्। ब्यञ्जनकारले भने अवैतानिक रूपमा काम गरिरहेका छन्।

राज्यमन्त्रीसरह सुविधा पाउने सल्लाहकारमा सुदिप ढकाल र विवेक मिश्र छन्। त्यस्तै, विज्ञ सल्लाहकारका रूपमा स्वास्थ्य सल्लाहकार प्रा।डा। जगदिश प्रसाद अग्रवाल रहेका छन्, जो अवैतानिक रूपमा कार्यरत छन्।

सचिवसरहको सुविधा पाउने गरी प्रमुख स्वकीय सचिव सुवाष शर्मा कार्यरत छन्। सहसचिवसरहको सुविधामा स्वकीय सचिव नविन भण्डारी, स्वकीय सहसचिव सञ्जिव पाण्डे र दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी तथा सामाजिक विकास विज्ञ विश्व राई छन्।

त्यस्तै उपसचिवसरहको सुविधामा प्रकृति ढकाल, विशाल अधिकारी, सुमन गौतम, रविकिरण अधिकारी र विनय शाक्य रहेका छन्।

शाखा अधिकृतसरहको सुविधामा सुरेन्द्र बजगाईं, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरी छन्।

त्यसैगरी नासुसरहको सुविधामा प्रशासन सहायक अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम, बेनिस कार्की तथा कम्प्युटर सहायक अमृत पाण्डे कार्यरत छन्।

प्रधानमन्त्रीको सचिवालयमा कुल ४८ जनाको दरबन्दी रहेको विवरणमा उल्लेख छ।


प्रतिकृया दिनुहोस्