Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डडेल्धुराको वडाबाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि बने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

डडेल्धुरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि डडेल्धुराबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। वडा सभापति पदम महताका अनुसार देउवाको नाममा सर्वसम्मति जुटेको हो।

विधानअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहे पनि देउवाले वडाबाटै प्रतिस्पर्धा गरेर महाधिवेशन प्रतिनिधि बन्ने इच्छा देखाएका थिए।

देउवाले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी मनोनयनका लागि कौशिलादेवी देउवालाई वारेसनामा दिएका थिए। यसअघि पनि उनी वडाबाटै प्रतिस्पर्धा गर्दै महाधिवेशन प्रतिनिधि बन्दै आएका छन्।

यसैगरी, देउवाका स्वकीय सचिव भानु देउवा पनि सोही वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्


प्रतिकृया दिनुहोस्