Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हिम्लुङ हिमपहिरोमा थप ४ शव भेटिए, मृत्यु हुनेको संख्या १५ पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

१५ असाेज, काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। आज मात्रै खोज तथा उद्धार टोलीले आठ जनाको शव फेला पारेको हो।

असोज ११ गते नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। घटनामा १६ जना आरोही सम्पर्कविहीन भएका थिए भने ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।

यसअघि बुधबार तीन तथा आइतबार र सोमबार गरी चार जनाको शव भेटिएको थियो। अझै एक जना आरोही बेपत्ता छन् र उनको खोजी जारी रहेको उद्धार टोलीले जनाएको छ।

पासाङ काजी शेर्पाको नेतृत्वमा ११ जनाको टोली घटनाको दिनदेखि नै खोज तथा उद्धारमा खटिएको छ। खराब मौसमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

बिहीबार भेटिएका आठ शवमध्ये दुईवटा चामेस्थित अस्पताल र छवटा फूगाउँसम्म पुर्‍याइएको नेपाली सेनाले जनाएको छ। हेलिकप्टरमार्फत शवहरू उद्धार गरिएको हो।


प्रतिकृया दिनुहोस्