Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देउवा समूहको महाधिवेशन पत्र निर्वाचन आयोगमा दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको देउवा समूहले पठाएको महाधिवेशनसम्बन्धी पत्र अभिलेखमा राखेको छ।

शेरबहादुर देउवाको तर्फबाट वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासहित पत्र आयोगमा पठाइएको थियो। आयोगले उक्त पत्रलाई नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत दर्ता गरेको जनाएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलका गतिविधिसँग सम्बन्धित पत्र प्राप्त भएपछि आयोगले प्रशासनिक रूपमा अभिलेखमा राख्ने गरेको छ। त्यसैअनुसार देउवा समूहको पत्र पनि दर्ता गरिएको हो।

उनले यो पत्रमाथि आयोगले कुनै नयाँ निर्णय नगरेको स्पष्ट पारे। उनका अनुसार कांग्रेसको विवादमा आयोगले यसअघि गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिइसकेको र उक्त विवाद सर्वोच्च अदालतबाट समेत निरुपण भइसकेकाले तत्काल थप निर्णय गर्नुपर्ने अवस्था छैन।

यसअघि गगन थापा समूहले विशेष महाधिवेशन गर्ने क्रममा पनि आयोगलाई महाधिवेशनसम्बन्धी पत्र पठाएको थियो।


प्रतिकृया दिनुहोस्