Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हिम्लुङ हिमपहिरोमा थप ४ शव भेटिए, मृतक संख्या ११ पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

१५ असोज, काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका थप ४ जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

असोज ११ गते गएको हिमपहिरोमा १६ जना आरोही तथा सहयोगी पुरिएका थिए। खोजी तथा उद्धारमा खटिएको टोलीले बिहीबार थप चार शव फेला पारेको हो। शवहरूको पहिचान भने हुन बाँकी छ।

यसअघि विभिन्न दिनमा गरी सात जनाको शव फेला परेको थियो। अब पाँच जना अझै बेपत्ता छन् र उनीहरूको खोजी जारी रहेको उद्धार टोलीले जनाएको छ।

हिमपहिरो गएको समयमा आरोहणमा रहेका अन्य ११ जना भने दोस्रो दिन सकुशल सम्पर्कमा आएका थिए।


प्रतिकृया दिनुहोस्