Skip

Hamro Sanchar

संसद् अधिवेशन अन्त्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

१५ असाेज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को अधिवेशन अन्त्य गरेका छन् ।

भोलि राति १२ बजेदेखि लागु हुने गरी उनले अधिवेशन अन्त्य गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मंगलबार (असाेज १३) बसेको मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६३र०६र१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख


प्रतिकृया दिनुहोस्