Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भोलिदेखि संसद् अधिवेशन अन्त्य हुँदै, सरकारले गर्‍यो राष्ट्रपतिसमक्ष सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसद्को चालु अधिवेशन २०८३ वैशाख २८ गतेदेखि सुरु भएको थियो । यस अवधिमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न कानुन पारित भएका छन् ।

यसैगरी, संसद् अधिवेशन नरहेको समयमा सरकारले ल्याएका अध्यादेश पनि स्वीकृत भएका छन् । ती अध्यादेशले संशोधन गरेका विषयलाई समेटेर अध्यादेश प्रतिस्थापन विधेयक संसद्बाट पारित भई ऐनमा रूपान्तरण भएका छन् ।

चालु अधिवेशनमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुका साथै समसामयिक विषयमा सरकारका तर्फबाट मन्त्रीहरूले संसद्लाई सम्बोधन गरेका थिए । तर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेन ।


प्रतिकृया दिनुहोस्