१४ असाेज, काठमाडौं । काठमाडौं उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा असोज १५ देखि २६ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती गरी भूमिगत लाइन सञ्चालन तथा आवश्यक प्राविधिक काम गरिनेछ।
कटौती हुने क्षेत्र र मिति:
असोज १५: सतुंगल–बौथली
असोज १६: मच्छेगाउँ दोभान चोक तथा खुसी चोक
असोज १७: मुलपानी
असोज १८: गर्जुधारा
असोज २०: मुलपानी
असोज २१: बलम्बु
असोज २२: कोटेश्वर–बालकुमारी
असोज २४: सिफल
असोज २५: सतुंगल–धौलागिरी आवास
असोज २६: धोबीखोला
मौसम प्रतिकूल भएमा भने निर्धारित विद्युत् कटौती नहुने बताइएको छ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने योजनाअनुसार चरणबद्ध रूपमा काम गरिरहेको छ।
भूमिगत प्रणालीबाट विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै सडकमा देखिने अव्यवस्थित विद्युत्, टेलिफोन तथा इन्टरनेटका तारसमेत व्यवस्थित हुने अपेक्षा गरिएको छ।
































