Skip

Hamro Sanchar

मुगुमा बिहानै लगातार २ पटक भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

३१ भदौ,काठमाडौं । मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु बनाएर आज बिहान लगातार २ पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा मुगुकै कलाई आसपास केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

लगातार दुई पटक भूकम्प गएपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन।

यसअघि भदौ २६ गते जाजरकोट जिल्लाको कालसेनी आसपास केन्द्रबिन्दु बनाएर बिहान ९ बजेर ८ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिकृया दिनुहोस्