Skip

Hamro Sanchar

तराईका ग्यास उद्योगबाट काठमाडौंमा सिलिन्डर ल्याएर बिक्री गरिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २७ गते


Advertisement

२७ भदौ, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमले तराईका विभिन्न ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ।

निगमका अनुसार भदौ २२ देखि २६ गतेसम्म तराई क्षेत्रमा रहेका विभिन्न ग्यास उद्योगले सिलिन्डर रिफिल गरी काठमाडौं उपत्यकामा बिक्री–वितरण गर्नेछन्।

यसका लागि उद्योगअनुसार दैनिक ल्याउनुपर्ने सिलिन्डरको संख्या तोकिएको छ।

सडक नियमित सञ्चालनमा नआएसम्म यही व्यवस्थाअनुसार एलपी ग्यासका सिलिन्डर काठमाडौं ल्याएर बिक्री–वितरण गरिने निगमले जनाएको छ।

निगमले उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन सम्बन्धित उद्योगहरूलाई तोकिएको परिमाणअनुसार सिलिन्डर रिफिल गरी काठमाडौं पठाउन अनुरोध समेत गरेको छ ।


प्रतिकृया दिनुहोस्