Skip

Hamro Sanchar

गगनको टिप्पणी : प्रधानमन्त्री बालेन हेट्स प्राइभेट सेक्टर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २६ गते


Advertisement

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहका पछिल्लो अभिव्यक्ति र निर्णयहरुले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा त्यसतर्फ ध्यान जान नसकेको उनको भनाइ छ ।

दुग्ध विकास संस्थान, हेटौंडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाइ छ ।

सरकार आफैंले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा थापाले जोड दिए।

२०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने उनको भनाइ छ ।

तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने सभापति थापाको दाबी थियो ।

‘प्राइममिनिस्टरले कतातिर जाने भन्ने निर्णय गर्ने हो । कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो । जो अहिले प्राइममिनिस्टर हुनुहुन्छ । अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा, हि हेट्स प्राइभेट सेक्टर,’ सभापति थापाले भने, ‘यो मैले अनुमानको आधारमा भनेको होइन । अहिले उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्तिहरू, र निर्णयहरु अत्यस्तै छन् । मैले अस्ति पार्टीको सेन्ट्रल कमिटीको बैठकमा लामो समय लिएर भनेको पनि छु । हेर्दा सामान्य कुरा लाग्छ । तर, दुग्ध विकास संस्थानको हेटौँडा कारखानाको, नेपाल औषधि लिमिटेडको बारेमा, ती कारखानाहरु चलून्, मुनाफा कमाऊन् मेरो शुभेच्छा छ । त्यसकाबारेको टिप्पणी होइन। तर स्टेट चलाउने मान्छेले यो स्टेटको इकोनोमी आजको दिनमा यो कस्तो छ ?

थापाले यस्तो अभिव्यक्ति दिइरहँदा प्रधानमन्त्री बालेन भने देशका चार ठूला व्यवसायीहरूसँग छलफल गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्