Skip

Hamro Sanchar

दीपक साह बने उद्योगमन्त्री, लिए शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २५ गते


Advertisement

२५ भदौ, काठमाडौं । सुनसरी–४ बाट निर्वाचित रास्वपा सांसद इन्जिनियर दीपककुमार साहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गौरीकुमारी यादवले मन्त्रीबाट राजीनामा दिएर आजै रिक्त भएको मन्त्री पदमा प्रधानमन्त्री वालेन्द्र शाहले सहलाई सिफारिस गरेका हुन् ।

साहलाई राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपतिले शपथ गराएका हुन् ।


प्रतिकृया दिनुहोस्