२४ भदौ, काठमाडौं । मुस्ताङमा गएराति भूकम्प गएको छ।
मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबारराति ९:५३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्प ५.३ म्याग्निच्युडको मापन गरेको छ।
भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्ला तथा काठमाडौंसम्म महसुस भएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।
































