२२ भदौ, काठमाडौं । सरकारले भोटेकोसी बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक घोषणा गरेको छ।
भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा आज भदौ २२ गते १३औँ दिन पुण्यतिथि पारेर राष्ट्रिय शोक घोषणा गरेको हो।
यस क्रममा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।
तर आज सार्वजनिक बिदा भने नभएको गृह मन्त्रालयले जनाएको छ ।
































