Skip

Hamro Sanchar

आज देशभर पानी पर्ने सम्भावना, महाशाखाले भन्यो : सतर्क रहनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २१ गते


Advertisement

२१ भदौ, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।

हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

तराईका विभिन्न भूभागमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण हुने सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्