Skip

Hamro Sanchar

किन आए दक्षिण कोरियाका विदेशमन्त्री चो नेपालमा ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २० गते


Advertisement

२० भदौ, काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीन दिने औपचारिक भ्रमणका क्रममा अज नेपाल आइपुगेका छन्।

गत भदौ १० मा रसुवामा आएको भीषण बाढीपहिरोपछि बेपत्ता दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धार प्रगतिबारे बुझ्न, बेपत्ताका परिवारसँग भेट गर्न र नेपाल सरकारका अधिकारीलाई भेट्ने गरी उनी नेपाल आएका हुन्।

रसुवामा आएको बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ जना नागरिक बेपत्ता भएका छन्।

नेपाल भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुनर्स्थापना, राहत तथा उद्धारका प्रयास र नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा नेपाली पक्षसँग छलफल गर्ने बताइएको छ।

उनको नेपाल भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा विपद्का समयमा आपसी सहयोग र समन्वय बढाउने अवसरका रूपमा हेरिएको छ।


प्रतिकृया दिनुहोस्