Skip

Hamro Sanchar

पहिरोले दार्चुलाको चौलानी नदि थुनियो, प्रशासनले भन्यो: सतर्क रहनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १९ गते


Advertisement

१९ भदौ, काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारस्थित चौलानी नदीमा पहिरो खसेको छ । पहिरो नदी आधा थुनिएको छ ।

पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले जारी गरेको सूचनामा विपद्को समयमा कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।

यस्तै पहिरोका कारण अपिहिमाल जाने पदमार्गमा क्षति पुगेको छ । भट्टारबाट खायाकोट, ल्वाथी र लुम्चातर्फ जाने बाटो पनि अवरुद्ध भएको छ ।

 


प्रतिकृया दिनुहोस्